राजा र हिन्दु राज्यकाे पक्षमा बर्दियामा माेटरसाइकल र्याली


बर्दिया – राजसंस्था र हिन्दु राज्यकाे माग गर्दै बर्दियामा माेटरसाइकल र्याली निकालिएकाे छ ।
राजा र हिन्दु राज्य पक्षधरले निकालेकाे र्याली बजार परिक्रमा पछि राधाकृष्ण चाेकमा काेण सभा भएकाे थियाे ।
काेणसभालाई सम्बाेधन गर्दै राप्रपाका महामन्त्री एवं अान्दाेलन परिचालन समितिका संयाेजक डा. धवलशमशेर राणाले अवस्था र व्यवस्था बदल्न जनता अगाडि अाउनु पर्ने बताए ।
डा. राणाले नेपालकाे धर्म र संस्कृति नेताले १४ अर्वमा बेचेकाे अाराेप लगाउँदै भ्रष्ट नेताकाे बिदाई गर्न र देशकाे अमनचयनका लागि राजसंस्था अावश्यक रहेकाे बताए । उनले धर्म, संस्कृति र परम्परा बचाउन हिन्दु राज्य चाहिएकाे खुलाए ।
हिन्दु र राजसंस्था पक्षधरले देशका विभिन्न शहरमा माेटरसाइकल र्याली, अामसभा गरेर जनतालाई अगाडि ल्याइरहेका छन् ।
राप्रपाका सहायक महामन्त्री एवं अान्दाेलन परिचालन समितिका सदस्य ऋषिराज देवकाेटाले चैत्रमा सबै हिन्दु र राजसंस्था पक्षधरलाई एकै ठाउँमा उभिएर सशक्त अान्दाेलनका अाव्हान हुने बताए । उनले त्यसका लागि काठमाडाैमा नेताहरु छलफलमा जुटेकाे बताए ।


error: यो सुविधा उपलब्ध छैन !