हाेलीमा उत्श्रृंखल गतिविधि गर्ने ३५ जना नियन्त्रणमा
नेपालगन्ज – बाँके प्रहरीले हाेलीमा उत्श्रृंखल गतिविधि गर्ने ३५ जनालाई नियन्त्रणमा लिएकाे छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, हाेली खेल्दा अस्वभाविक गतिविधि गर्ने, मासपे गरेर सवारी चलाउने, प्रहरीसँग झगडा गर्ने ३५ जनालाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुमध्ये झगडा नै गरेकालाई मुद्दा चलाएर कारबाही गर्ने तयारी गरिएकाे छ ।
प्रहरीले अाज नै १ सय ३७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएकाे छ । कागजपत्र नभएकाे, धेरै जना बसाएर गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइएकाे छ । सवारी साधनकाे हकमा जरिवाना काटेर छाेड्ने तयारी गरिएकाे छ ।
तराईमा अाज हाेली खेलिएकाे थियाे । हाेलीमा अाज जिल्लामा ३ वटा सामान्य दुर्घटना भएकाे प्रहरी प्रवक्ता डीएसपी पातलीले बताए ।
जिल्लामा अपवादबाहेक हाेली शान्तपूर्वक सकिएकाे छ ।