जयेन्दु बालसुधार गृहमा झडप, ६ जना घाइते
नेपालगन्ज – बाँकेकाे डुडुवामा रहेकाे जयेन्दु बाल सुधार गृहमा झडप भएकाे छ ।
बालबन्दी बिचकाे झडपमा ६ जना घाइते भएकाे बाँकेका प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि नर्सिङहाेम नेपालगन्ज ल्याइएकाे छ ।
प्रवक्ता पातलीका अनुसार, बाल सुधार गृहमा राती ११ बजेतिर झडप भएकाे खबर अाएकाे थियाे । त्यसपछि ठूलाे संख्यामा प्रहरी घटनास्थलमा पुग्याे । प्रहरीले राती डेढ बजेतिर घाइतेकाे उद्दार गरेकाे थियाे ।
प्रहरीलाई भित्र जान दिइएकाे छैन । सम्झाएर भित्र जाने प्रयास भइरहेकाे छ । कति भागे भन्ने यकिन हुन सकेकाे छैन । दुई जना भागेकाे बाहिर खबर अाएकाे छ ।
बाल सुधार गृहमा अढाई सय बालबन्दी रहेका छन् । यहाँ पटक-पटक झडप हुने गर्दछ । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नाैबस्ता सुधार गृहमा स्थानान्तरण गरेकाे थियाे । त्यहाम्ह पनि पटक-पटक झडप हुने गरेकाे छ । केही भागेका थिए, अझै फेला परेका छैनन् ।
बाल सुधार गृह सुरक्षा चुनाैती बनिरहेकाे छ । प्रहरीले बल प्रयाेग गर्दैन । भित्र रहेकाहरु अापसमा लडिरहन्छन् । १८ वर्ष नपुगेलाई राख्न बनाइएकाे बाल सुधार गृहमा २८/२९ वर्षकासम्म बसाउँदा सधै लफडा हुने गरेकाे जानकारहरु बताउँछन् ।