बाल सुधार गृहबाट चार जना फरार

नेपालगञ्ज – जयेन्दु बाल सुधार गृहबाट चार जना भागेको पाइएको छ । राती भागेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज र जमुनाहा प्रहरी कार्यालयमा राखेको छ ।
सुधार गृहको स्थिति सामान्य भएको छ । सुधार गृहमा होहल्ला गर्ने ३३ जनालाई जमुनाहा र हिरमिनिया प्रहरी कार्यालयमा पठाइएको छ । थप एक जनालाई अस्पताल ल्याइएको छ । अस्पतालमा १० जना पहिलेदेखि नै उपचारमा छन् ।
बाल सुधार गृहमा २ सय ५४ जना रहेकोमा गन्ती गर्दा चार जना फेला नपरेको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !