नेपालगन्ज फुटसलमा क्रिकेट
नेपालगन्ज – न्यूराेडमा रहेकाे नेपालगन्ज फुटसल मैदानमा इन्डाेर क्रिकेट प्रतियाेगिता भएकाे छ ।
घाम लागाेस् वा पानी पराेस् त्यसले समस्या नहुने फुटसल मैदानमा म्याट बिछ्याएर क्रिकेट प्रतियाेगिता गराइएकाे हाे । फुटसल मैदानमा पनि क्रिकेट प्रतियाेगिता गराउन सकिन्छ भन्ने नेपालगन्ज-११ रकर्सले बाटाे देखाएकाे छ । क्रिकेटकाे मैदान नै नभएकाे नेपालगन्जमा सुविधायुक्त फुटसल मैदानमा इन्डाेर क्रिकेट खेलाउन सकिने देखिएकाे छ ।
असार ७ देखि ११ गतेसम्म सञ्चालन भएकाे इन्डाेर क्रिकेट प्रतियाेगिताकाे उपाधि त्रिभुवन किंग्सले जितेकाे छ । पहिले ब्याटिङ गरेकाे त्रिभुवन किंग्सले १ सय १ रनकाे तारगेट दिएकाे थियाे ।
६ ओेभरकाे प्रतियाेगितामा १ सय १ रनकाे तारगेट लिएर ब्याटिङमा आएकाे नेक्सस ३७ रनमा अलआउट भएकाे थियाे । फाइनलकाे म्यान अफ द म्याच साहिद अन्सारी भए । प्रतियाेगिता जितेसँगै त्रिभुवन किंग्सले १५ हजार र उपविजेता नेक्ससले ८ हजार पुरस्कार पायाे । विजेता टीम तथा खेलाडीलाई नेपालगन्ज फुटसलका सञ्चालक केशव राना, ज्ञानमणि अधिकारी र सुवास अधिकारीले पुरस्कार वितरण गरे । प्रतियाेगिताकाे म्यान अफ द सिरिज सुरज दास भए भने प्रतियाेगिताकाे मुख्य अम्पाएर अफराेज खान थिए ।