मदन भण्डारीकाे जन्मजयन्तीमा वृक्षराेपण


नेपालगन्ज – नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीकाे ७४ अा‌ै जन्म जयन्तीकाे अवसरमा नेपालगन्जमा वृक्षराेपण गरिएकाे छ ।
मदन भण्डारी फाउन्डेसनले जिल्ला पार्टी कार्यालय परिसर र एमालेकाे भातृ संगठन उद्याेग व्यवसायी संघले नेपालगन्ज भन्सारकाे खाली जमिनमा वृक्षराेपण गरेका हुन् ।
फाउन्डेसनकाे अगुवाईमा पार्टी कार्यालय परिसरमा श्रीखण्ड, कपुर, जामुन, निम, अमला, गुलमाेहर, सितलचिनीका सय बढी बिरुवा राेपिएकाे छ ।
वृक्षराेपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शान्ति ढकाल, पशुपतिदयाल मिश्र, माे. हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, फाउन्डेसन का अध्यक्ष पदम धिताललगायतकाे उपस्थिति रहेकाे थियाे ।
उद्याेग व्यवसायी संघकाे अगुवाईमा भन्सारमा फलफूल तथा विभिन्न जातका बिरुवा राेपिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !