२० ग्राम ब्राउनसुगरसहित भारतीय पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले ठूलाे मात्रामा ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बागेश्वरी मन्दिर नजिकबाट प्रहरीले भारत बहराइच जिल्ला केवलपुरका २४ वर्षीय माेहम्मद अारिफलाई २० ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले शंका लागेर जाँच गर्दा अारिफकाे साथमा ब्राउनसुगर फेला परेकाे बताए ।
भारतीय नागरिक अारिफ ब्राउन बिक्री गर्न नेपालगन्ज अाएकाे बुझिएकाे छ । प्रहरीले अारिफले कसलाई दिन अाएकाे वा बिक्री गर्न अाएकाेबारेमा अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
सीमावर्ती शहर भएकाले नेपालगन्जमा भारतीयले नै ब्राउनसुगर ल्याइदिने गरेकाे पाइन्छ । कतिपय अाफै भारतीय बजारमा गएर किन्ने गर्दछन् । यसरी किनेर अाउँदै गर्दा नाकामा पक्राउ परेका धेरै घटना छन् ।


error: यो सुविधा उपलब्ध छैन !