निःशुल्क आँखा तथा स्वास्थ्य शिविर, ४२५ सय जना लाभान्वित
नेपालगन्ज – जानकी गाउँपालिका वार्ड नं. ३, बन्जारेगाउँस्थित श्री माध्यमिक बिद्यालयमा गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४ सय २५ सय जना लाभान्वित भएका छन् ।
उक्त शिविरबाट विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ २ सय ८२ जना मध्ये पुरुष ९९ सय जना महिला १८३ जना सहित २ सय ८२ जनाले परीक्षण गराएका थिए भने आँखा परीक्षण तर्फ ५५ जना पुरुष र ८८ जना महिला समेत गरी १ सय ४३ जनाले आँखा परीक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८० वर्षका पुरुषको स्वास्थ्य परीक्षण र आँखा परीक्षण गराएका थिए भने शिविरमा सबभन्दा कम उमेर १ वर्षका बालकको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सो अवसरमा केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट श्री माध्यमिक विद्यालय बन्जारेगाउँका कम्प्यूटर अपरेटर कविराम वर्मालाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भएको थियो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक २१ थरीका आौषधिहरु उपलब्ध गरिएको छ ।
सो अवसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका उपाध्यक्ष लेक प्रसाद प्याकुरेलले वडा कार्यालय, विद्यालय परिवार र सबै लाई सहयाेगकाे लागि धन्यवाद सहित मन्तव्य ब्यक्त गरेका थिए ।
शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा.आशिष न्यौपाने, डा. दिपक जायसवाल, दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्मा जनरल तथा आँखा परीक्षण गर्नुभएको थियो आँखा परीक्षणको कार्यमा केन्दका सचिव महेन्द्र सेडाई र व्यवस्थापक बामदेव भट्टराईले सहयोग गरेका थिए । स्वास्थ्य सहायक सुर्दशन गुप्ता, स्टाफ नर्स सुश्री सिमरन श्रेष्ठले स्वास्थ्य परीक्षणमा सहयोग गर्नु भएको थियो ।
डाक्टरका अनुसार स्वास्थ्य परीक्षण गरिएका अधिकाँश सेवाग्राहीहरु भाइरल ज्वरो, इलर्जी, रुघा खोकी र छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको बताउनु भयो ।
त्यसैगरी पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका सचिव महेन्द्र सेडाई, औषधी बितरणतिर फार्मेसी सहायक टिकाराम खनाल, कार्यक्रम संयोजक महेश श्रेष्ठ, कर्मचारी राजा साहिल चिडिमार, नाम दर्ता गर्नेमा सदस्य रमेशकुमार श्रेष्ठ र पवन जायसवाल, बिद्यालयको तर्फबाट कम्प्यूटर अपरेटर कविराम वर्मा, सहायक शिक्षक बनवारीलाल बढही, कार्यालय सहयोगी ननमून यादव लगायतले सहयोग गर्नु भएको थियो ।