लुम्बिनी प्राविधिक विश्वविद्यालयकाे तेस्राे वार्षिकाेत्सव
नेपालगन्ज – लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्राे वार्षिकाेत्सव मनाएकाे छ ।
नेपालगन्जकाे एक हाेटलमा कार्यक्रम गरि विश्वविद्यालयले वार्षिकाेत्सव मनाएकाे हाे ।
वार्षिकाेत्सवकाे सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सेनाले उद्घाटन गरे । उनले लुम्बिनी प्राविधिक विश्व विद्यालयले गति लिइसकेकाे र अब व्यवस्थापनलाई बलियाे बनाएर जानु पर्ने बताए ।
पूर्वमन्त्री रत्न खत्री, बादसाह कुर्मी र चन्द्रकेश गुप्ताले ३३ जना विद्यार्थीबाट सुरु गरेकाे विश्व विद्यालयमा अहिले दुई सय बढी विद्यार्थी पुग्नुले याे विश्व विद्यालयले गति समातिसकेकाे बताए ।
उपकुलपति प्राडा विनाेद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी विश्व विद्यालयले राष्ट्रिय र अन्तरास्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेकाे बताए ।
बाँकेकाे खजुरामा बनाउने निर्णय भएकाे लुम्बिनी प्राविधिक विश्व विद्यालय अहिले नेपालगन्जमा भाडाकाे घरमा सञ्चालन भइरहेकाे छ ।
खजुरा गाउँवालिकाका अध्यक्ष डम्बर विक तुफानले भदाैदेखि विश्व विद्यालयकाे प्रशासनिक काम खजुराबाट हुने जानकारी दिए ।
वार्षिकाेत्सवकाे अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए । पुस्तकालय अधिकृत तेजुकुमारी विष्टले सञ्चालन गरेकाे कार्यक्रममा डिन निरज केसीले विश्व विद्यालयकाे बारेमा प्रकाश पारेका थिए ।