वेष्टर्न ट्राभल मार्टमा २६ लाख खर्च
नेपालगन्ज – जेठ २४ देखि २६ गतेसम्म नेपालगन्जमा सञ्चालन भएकाे वेष्टर्न ट्राभल मार्टमा २६ लाख बढी खर्च भएकाे विवरण सार्वजनिक गरिएकाे छ ।
नेपाल पर्यटन बाेर्ड र नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा नाट्टा बाँके च्याप्टरले मार्ट अायाेजना गरेकाे थियाे । पर्यटनकाे विकासका लागि अायाेजित कार्यक्रममा २६ लाख ५४ हजार २ सय ६० रुपैयाँ खर्च भएकाे नाट्टा बाँके च्याप्टरका अध्यक्ष एवं वेष्टर्न ट्राभल मार्ट नेपालका संयाेजक श्रीराम सिग्देलले जानकारी दिए ।
मार्ट अायाेजना गर्न पर्यटन बाेर्डले २६ लाख र नेपालगन्ज उपमहानगरपालिकाले ५ लाख दिएका थिए । त्यसमा ४ लाख ४५ हजार ७ सय ७० रुपैयाँ बचेकाे छ ।
मार्टमा नेपाल र भारतमा २ सय ७ जना पर्यटन व्यवसायी सहभागी भएका थिए । उनीहरुलाई पश्चिम नेपालका पर्यटकीय गन्तब्यहरुकाेबारेमा भिडियाे, बुकलेटमार्फत जानकारी गराइएकाे थियाे । त्यसमध्येका ६८ जनालाई बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा सफारी, कर्णाली नदीमा र्याफटिङ गराइएकाे थियाे ।
रैथाने खाना महाेत्सवमा ४ लाख खर्च
वेष्टर्न ट्राभल मार्टसँगै नेपालगन्जकाे त्रिभुवनचाेकमा अायाेजना गरिएकाे रैथाने खाना महाेत्सवमा ४ लाख खर्च भएकाे छ ।
साे कार्यक्रमका लागि पर्यटन विकास परिषद लुम्बिनीले ३ लाख र नेपालगन्ज उपमहानगरपालिकाले १ लाख सहयाेग गरेका थिए ।
रैथाने खाना महाेत्सवमा ३६ जना व्यवसायीले स्टल राखेका थिए । अायाेजकका अनसार, पहिलाे दिन २ हजार र दाेस्राे दिन ५ हजार मानिस रैथाने खाना महाेत्सवमा सहभागी भएका थिए ।