चार जना भेटिएनन्, ६४ जनालाई अलग राखियो

नेपालगञ्ज – बाँकेको जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी फेला पर्न सकेको छैन ।
बिहीबार राती १० बजे बालबन्दीको बीचमा आसपमा झडप हुँदा चार जना भागेका थिए । उनीहरु अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
भागेका बालबन्दीलाई खोज्न प्रहरी परिचालन गरिएको छ । बालबन्दी जान सक्ने ठाउँहरुमा निगरानी बढाइएको छ । बाल सुधार गृह नाका नजिक भएकाले भारततिर गएको आशंका गरिएको छ । भारत प्रवेश गरेको भए उनीहरुलाई फेला पार्न गाह्रो हुने प्रहरीको भनाई छ ।
बाल सुधार गृहका ६४ जनालाई अगल राखिएको छ । झडपमा अगुवाई गरेकाहरुलाई छानेर अन्यत्र राखिएको हो । त्यसमा राती भागेका २५ जना पनि छन् । उनीहरुलाई बाल सुधार गृहबाट अलग गरेर प्रहरी कार्यालयहरुमा राखिएको छ ।
लागु औषधको सहज प्रवेशले गर्दा बाल सुधार गृहमा बेलाबेलामा झडप, तोडफोड र आगजनी हुने गरेको जानकारहरु बताउँछन् । २ सय ५४ जना बालबन्दी रहेको सुधार गृहमा यसपालीको झडपमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !