सेफ्टीट्यांकीमा भेटियाे चन्द्रबहादुरकाे टाउकाे


नेपालगन्ज – बांकेकाे काेहलपुरमा हत्या गरिएका चन्द्रबहादुर कामीकाे टाउकाे भेटिएकाे छ ।
काेहलपुर नगरपालिका वडा नम्बर ८, पिपिरीमा ४० वर्षीय कामीकाे शनिबार राती हत्या गरिएकाे थियाे । हत्याराले कामीकाे टाउकाे लिएर गएका थिए ।
ईलाका प्रहरी कार्यालय, काेहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टका अनुसार, घटनास्थलदेखि करिव चार सय मिटर टाढा अनिता परियारकाे घरमा रहेकाे सेफ्टीट्यांकीमा कामीकाे टाउकाे फेला परेकाे हाे ।
प्रहरीले हत्यामा अनिल परियारकाे संलग्नता अाशंका गरेकाे छ । टाउकाे भेटिएकाे घर अनिलकाे बहिनी पर्नेकाे हाे ।
पिपिरीचाेकदेखि करिव दुई सय मिटर पूर्वमा रहेकाे शितलनगरमा कामीकाे हत्या गरिएकाे थियाे।
घटनास्थल नजिककाे सरस्वतीचाेकमा रहेकाे सीसी क्यामेरामा एक युवकले कालाे प्लास्टिककाे झाेलामा टाउकाे बाेकेर गएकाे देखिएकाे थियाे ।
प्रहरीले हत्यारा पक्राउ परिनसकेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !