भारतीय वन रक्षकले गाेली हान्दा नेपाली घाइते

नेपालगन्ज – बर्दिया जिल्लामा भारतीय वन रक्षकले गाेली हान्दा नेपाली घाइते भएका छन् ।
गुलरिया नगरपालिका वडा नम्बर ८, अाशापुरका बालाराम लाेधलाई भारतीय वन रक्षकले गाेली हानेका हुन् । भारतीय सीमा नजिककाे अाफ्नाे खेतमा जंगली जनावर धपाउन गएका लाेधलाई भारतीय वन रक्षकले पारीबाट गाेली हानेका हुन् । हिजाे राती सवा सात बजे घटना भएकाे थियाे ।
लाेधलाई १६ वटा छर्रा लागेकाे छ । नेपालगन्ज मेडिकल कलेजमा उनकाे उपचार भइरहेकाे छ । नेपाली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
अाशापुरबाट केही वर्ष अघि भारतीय वन रक्षकले यसरी नै गाेली हानेर पक्राउ गरि एक जना लाेध नै थर भएका व्यक्तिलाई बेपता पारेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !