रेडक्रस बागेश्वरी युवा सर्कलमा दाहाल


नेपालगन्ज – नेपाल रेडक्रस सोसाइटी बागेश्वरी युवा सर्कल खजुराको अध्यक्षमा पत्रकार खगेन्द्र दाहाललाई चयन गरिएको छ । रेडक्रसको बागेश्वरी उपशाखा खजुरा अन्तर्गत बुधबार आयोजित २१ औं स्थापना दिवसका अवसरमा गठित युवा सर्कलको नेतृत्वमा दाहाललाई निर्वाचित गरिएको थियो । सञ्चारकर्मीका रुपमा मात्र नभएर दाहाल मानवीय सेवा कर्ममा निरन्तर लाग्दै आएका छन ।

गठित युवा सर्कलको उपाध्यक्षमा लिला गिरी, सचिवमा गम बहादुर डांगर, उप सचिव प्रकाश शाह, कोक्षाध्यक्ष तुला खत्री, उप कोक्षाध्यक्ष सिता वि.क चयन भएका छन । सदस्यहरुमा गौरब सापकोटा, लिला भट्टराई, यमबहादुर विष्ट, सुस्मिता क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन्। एक जना कार्यसमिति सदस्य र सल्लाहकारलाई आगामी बस्ने बैठकद्धारा मनोयन गरिने नव निर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।

२०६० सालमा स्थापना भएको बागेश्वरी उपशाखामा विगतका केही वर्ष यता युवा सर्कल निष्कृय अवस्थामा रहेकोमा यसलाई पुन क्रियाशील बनाउन नयाँ कार्यसमिति निर्माण गरिएको वागेश्वरी उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले जानकारी दिए । नव कार्य समितिलाई शुभकामना दिदै जिल्ला कार्यसमिति सदस्य, सितापुर उपशाखाका सभापति, जुनियर युवा समितिको संम्योजक यमनारायण महतोले विगतका दिनमा जस्तै खजुराको युवा सर्कलले क्रियाशील भएर मानवीय सेवाको कार्यमा लाग्नेमा विश्वास लागेको बताए । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाक्षेत्रीले रेडक्रस जस्तो मानवीय सेवा गर्ने सस्थामा रहेर कार्य गर्न पाउनु नै भाग्यमानी सम्झिनुपर्ने बताए । वडाध्यक्ष रोकाक्षेत्रीले खजुरामा आइपर्ने प्राकृतिक प्रकोपमा ‘म सेवा गर्छु’ भन्ने मन भावना लिएर सबै लाग्न आवश्यक रहेको भन्दै शुभकामना प्रदान गरे । स्थापना दिवस मनाउने कार्यक्रममा खजुराका रेडक्रसकर्मी, स्थानिय संघ सस्थाका पदाधिकारी, जनप्रतिनिधि, युवाहरुको सहभागिता थियो ।


error: यो सुविधा उपलब्ध छैन !