चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित चौधरी पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा लागु औषधीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भारतबाट आउदै गरेका खजुरा गाउँपालिका वडा नं. ४, एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

चौधरी भारतबाट पैदल आइरहेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाई राखेको पाँच पोका ब्राउनसुगर फेला परेको थियो ।

प्रहरीले चौधरीका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । सीमावर्ती भारतीय बजारमा सहजै पाइने ब्राउनसुगर नेपालगञ्ज हुँदै देशको विभिन्न शहरमा पुग्ने गरेको पाइन्छ ।


error: यो सुविधा उपलब्ध छैन !