मनोरञ्जन तथा सत्कार क्षेत्रको दु्रत अनुसन्धान प्रतिवेदन सार्वजनिक

नेपालगञ्ज – लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मनोरञ्जन क्षेत्रसम्बन्धी दु्रत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ ।

विश्वास नेपालले २०७७ असोज÷कात्तिकमा गरेको अनुसन्धान प्रतिवेदन आइतबार नेपालगञ्जमा सार्वजनिक गरिएको हो ।

मनोरञ्जन तथा सत्कार क्षेत्रमा डान्स बार, दोहोरी, मसाज पार्लर, नाइट क्लव, क्याबिन रेष्टुरेन्टहरु पर्दछन् ।

विश्वास नेपालले ७८ जना श्रमिक, १२ जना रोजगारदाता र १४ जना सामाजिक नेतृत्वकर्ता गरी एक सय चार जनासँग लिइएको अन्तरबार्ताको आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । अनुसन्धानमा मनोरञ्जन तथा सत्कार क्षेत्रमा १८ वर्ष मुनिका ६२ प्रतिशत किशोरीले काम गरेका छन् । उनीहरुमध्ये अधिकांशले कार्यक्षेत्र असुरक्षित रहेको बताएका छन् । यस क्षेत्रमा काम गर्ने अधिकांश धेरै नपढेका, गाउँबाट आएका, अर्को जिल्लाका, सम्बन्ध विच्छेद गरेका छन् । श्रमिकको डकुमेन्ट नराखिएको, कार्यक्षेत्रमा दुव्र्यवहार हुने गरेको, १५ देखि ३० वर्षका धेरैजसो काम रहेको प्रतिवेदनमा देखाइएको छ ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव शोभा शाह, हाम्रो सम्मान परियोजनाका कमला पन्त, माइती नेपालका केशव कोइराला, नेपालगञ्ज उद्योग बाणिज्य संघका चिरञ्जीवी ओली, होटल व्यवसायी भीम कँडेल, शक्ति समूहकी निर्मला पौडेललगायतले मनोञ्जन तथा सत्कार क्षेत्रमा काम गर्नेहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको बताए ।

विश्वास नेपालका कार्यक्रम व्यवस्थापक विवेक शर्मा, मध गुरुङले बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरमा मनोरञ्जन तथा सत्कार क्षेत्रको विस्तार हुँदै गएको, यस क्षेत्रमा काम गर्नेहरु यौन शोषणको उच्च जोखिममा रहेको, अभाव, कम आम्दानी, परिवारबाट त्यागिएकाहरु यस क्षेत्रमा काम गर्न आइपुगेको बताए ।


error: यो सुविधा उपलब्ध छैन !