आफ्नो सरकार बिचौलियाले ढालेको प्रचण्डको उद्घोष
नेपालगन्ज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डले माओवादी नेतृत्वको सरकार दलाल र विचौलियाले ढालेको बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दोस्रो लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकार ढाल्न कांग्रेस र एमालेलाई दलाल र बिचौलियाले कब्जामा लिएको दावी गरे । उनले माओवादीको सरकार रहिरहेमा सेटिङको जालो भत्किने डरले दलाल र बिचौलिया हावी भएको बताए ।
सरकारले जताततै बेथिति बढाएको बताउँदै प्रचण्डले विद्युत प्राधिकरणको नेतृत्व हटाउने, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिने, राष्ट्र बैंकमा आफू अनुकूल गभर्नर ल्याउन अस्वभाविक रुपमा कार्यविधि परिवर्तन गर्नेजस्ता काम भइरहेको बताए । उनले भने, यो सरकार नै गलत जगमा बनेको छ । यसले राम्रो काम गर्नै सक्दैन ।’
प्रचण्डले माओवादी आफ्नो वर्ग र समुदायमा फर्किएकाले आफ्नो बलले एक्लै चुनावमा जाने उद्घोष गरे । अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा नेपाली महिलाले ठूलो योगदान पु¥याएको चर्चा गरे ।
यसैबीच, माओवादीको तराई मधेश जागरण अभियान पुनः सुरु गरिएको छ । नवलपरासीबाट अभियान सुरु गर्नुपर्ने भएपनि बाँकेको कोहलपुरमा कार्यक्रमसँगै लुम्बिनीबाट अभियान जोडिएको प्रचण्डले बताए ।