हिन्दु राज्य हुनुपर्छ – कांग्रेस नेता गिरी


नेपालगन्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले नेपाल हिन्दु राज्य हुनुपर्ने बताएका छन् ।
काठमाडौंबाट दाङ जाने क्रममा नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले विगत होस् कि अहिले हिन्दु राज्यका लागि जनमत रहेको बताए । ‘विगतमा पनि जनताले हिन्दु राज्यका लागि राय दिएका थिए । त्यो रायको पोको नै खोलिएन, गिरीले थपे, अहिले पनि अधिकांश जनता हिन्दु राज्यको पक्षमा छन् । नेपाललाई हिन्दु राज्य बनाउनु पर्छ ।’ उनले राजसंस्था पुनस्र्थापना भने अलि टाढा रहेको दावी गरे ।
गिरीले अहिले जनता राजाका लागि नभई हिन्दु राज्यका लागि सडकमा उत्रिएको बताए । वर्तमान सरकार गठन हुँदा नै संविधानमा सुधार गर्ने भनिएपनि अहिले त्यो काममा अगाडि नबढिएको बताए । उनले तत्काल नै संविधानमा सुधार गर्नुपर्ने बताए । संविधानमा सुधार गर्दा प्रदेशलाई बलियो बनाउनु पर्ने गिरीको भनाई थियो ।
गिरीले केही दिनअघि मात्रै संसदमा हिन्दु राज्यको पक्षमा मन्तब्य राखेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !