अन्तर विद्यालय पौडी प्रतियोगिता हुने


नेपालगन्ज – शिखा एकेडेमी कोहलपुरले बाँके जिल्लास्तरीय अन्तर विद्यालय पौडी प्रतियोगिता गर्ने भएको छ ।
पौडी खेलको विकास गर्ने उद्देश्यले नेपालगन्ज स्वीमिङ क्लवसँगको समन्वयमा स्कूलले चैत्र २३ गते प्रतियोगिता गर्न थालेको हो ।
स्कूलका अध्यक्ष गोपाल अधिकारी, सिइओ राजकुमार सुवेदी, प्रिन्सिपल राजीव सुवेदी, अतिरिक्त क्रियाकलाप प्रमुख सूर्यमणि अधिकारीको उपस्थितिमा आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर पौडी प्रतियोगिताको बारेमा जानकारी दिइएको हो ।
जिल्लाका १५ वटा विद्यालयका ६५ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुने अतिरिक्त क्रियाकलाप प्रमुख अधिकारीले बताए । ८, १०, १२, १४, १७ वर्ष उमेर समूहमा प्रतियोगिता गराइने छ । प्रतियोगिताका विजेतालाई मेडल तथा प्रमाणपत्र दिइने अधिकारीले जानकारी दिए । शिखाले आठ वटा खेलमा शिक्षक राखेर विद्यालयलाई खेलकुदमा सहभागी गराइरहेको छ । उसले सबै खेलको लागि मैदान बनाएको छ । काठमाडौं उपत्य बाहिर यसप्रकारका प्रतियोगिता कम हुने गरेको छ । यसप्रकारको प्रतियोगिताले पौडी खेलाडी उत्पादनमा सघाउ पु¥याउने अधिकारीले दावी गरे ।


error: यो सुविधा उपलब्ध छैन !