हात्तीकाे आक्रमणबाट माउतेकाे मृत्यु


नेपालगन्ज – बाँकेमा हात्तीकाे आक्रमणबाट माउतेकाे मृत्यु भएकाे छ ।
काेहलपुर नगरपालिका वडा नम्बर १२, खड्गवारमा रहेकाे हात्तीसारमा घाँस हाल्न गएका माउतेलाई हात्तीले अाक्रमण गरेकाे थियाे । हात्तीले हान्दा माउते अाशाराम थारुकाे मृत्यु भएकाे हाे ।
बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ९, बानुगाउँ निवासी ४५ वर्षीय थारु हात्तीसारमा कार्यरत थिए । गणेशगज नामकाे हात्तीले थारुलाई अाक्रमण गरेकाे थियाे । थारुकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।
बाँके राष्ट्रिय निकुन्जले पालेकाे हात्ती खड्गवारस्थित हात्तीसारमा राख्ने गरिन्छ । निकुन्जले अलि बदमास हात्तीलाई बाँधेरै राख्ने गरेकाे छ । त्यस्ता हात्तीमा निकुन्जमा अाउने पर्यटकलाई बसाइदैन भने मेला महाेत्सवमा हात्ती देखाउन ल्याउने गरिन्न ।
मृतककाे थारुकाे शवलाई पाेष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !