भाइटीकाकै दिन २३ जना डिस्चार्ज

नेपालगञ्ज – भाइटीकाको दिन २३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
कोरोना लागेपछि विभिन्न आइसोलेसनमा बसेका उनीहरुले भाइटीका घरमै बसेर लगाउन पाएका छन् । १३ वर्षीय बालक र बालिका पनि डिस्चार्ज भएका छन् । कोरोना लागेपछि होम आइसोलेनमा बसेका नेपालगञ्जका १३ वर्षीय बालक र १३ वर्षीया बालिकाले कोरोनालाई जितेका छन् ।
कोरोना जितेका भाइटीकाको उत्तम साइत अघि नै घर पुगेका छन् । १२ पुरुष र ११ महिलाले कोरोन जितेका हुन् । जिल्लामा अहिलेसम्म तीन हजार तीन सय १८ जनाले कोरोनालाई जितेका छन् । २ सय ४५ जना आइसोलेसनमा बसेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !