कोरोनाबाट भजनीबाट ६५ वर्षीयको मृत्यु

नेपालगञ्ज – कोरोना संक्रमित कैलाली भजनीका ६५ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा उपचार गराइरहेका ६५ वर्षीय पुरुषको गएराती १०.५० बजे मृत्यु भएको हो ।
कात्तिक २८ गते भेरी अस्पतालमा उपचार गराउन ल्याइएका ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
हिजो बर्दियाबाट उपचार गराउन आएका व्यक्तिको पनि बाँकेमा मृत्यु भएको थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । बाँके निवासी र बाहिरी जिल्लाबाट उपचार गराउन आउदा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !