कोरोनाबाट जानकीका ६५ वर्षीयको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट जानकी गाउँपालिका वडा नं. ६, प्रजातीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि असोज १० गते भेरी अस्पतालमा भर्ना भएका ६५ वर्षीय पुरुषको २७ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको गएराती दश बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !