खजुरामा निषेध !

नेपालगञ्ज – खजुरा गाउँपालिकाभित्र प्रवेश गर्नका लागि परिचय पत्र देखाएर ‘काम देखाउनु’ पर्ने भएको छ ।
गाउँपालिकाको सबै नाकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधि बस्ने व्यवस्था मिलाएको खजुराले जो कोही आउदा परिचय पत्र हेर्ने, काम के हो सोध्ने र वास्तविक रहेको पाइएमा ज्वरो नापेर जान दिने तयारी गरेको हो । खजुरा भित्रिने सबै नाकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधि बस्नका लागि नेपाली सेनाले टेन्ट बनाइरहेको छ ।
खजुराका युवा नेता भीम वलीका अनुसार, बैजनाथतिरको दक्षिणी नाकाको इगाउँ, जानकीको पूर्वी नाकाका लागि कपास विकास समिति, सीगाउँ र जलपोखरीमा टेन्ट बनाइदैछ । पश्चिममा बर्दियाले नाका सील गरेको छ ।


भारतबाट अनाधिकृत प्रवेश, नेपालगञ्ज, बैजनाथ र जानकी गाउँपालिकाबाट अनावश्यक आउजाउ रोकिने र परिचय खुल्ने, परिभाषित काम, कुनै निकायबाट अनुमति प्राप्त व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर प्रवेश दिइने वलीले बताउनुभयो ।
खजुराले बाहिरबाट आउने तरकारीलाई रोकेको छ । कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खजुराले विभिन्न उपायहरु अपनाइरहेको छ । राधापुर प्रहरी चौकी इन्चार्ज राजकुमार थारु, बेलभार प्रहरी चौकी इन्चार्ज कुलबहादुर बिक, खजुरा वडा नं. १ का सदस्य तथा कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा नं. २ वडाध्यक्ष देवीलाल खनाल, जानकी गाउँपालिका सदस्य जयराम काँदुसहितको संयुक्त बैठकले कोरोनाविरुद्धको अभियानमा सहकार्य गर्ने र नाका सील गर्ने बारेमा छलफल गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !