मस्जिदमा पादेकै कारण मृत्युदण्ड

एजेन्सी – सत्र पटकसम्म पादेकै कारण मस्जिदबाट निष्काशन गरिएका एकजना युवकलाई अन्ततः मुस्लिमहरुको पवित्र एक महिने पर्व रमजानको वेला पनि पादेको कारण अदालतले मृत्युदण्ड सुनाएको हालै इस्लामावाद हेराल्डले जनाएको छ ।
जिल्ला उप जन न्यायाधीश सैयद अनिस शाहले पत्रकारहरुलाई भनेका छन्, ‘रमजान मुस्लिमहरुको निकै महत्वपूर्ण पर्व हो । उनले यसरी पादेर धर्म प्रति नै अपमान गर्न खोजेका हुन् । उनको पादेकै कारण एकैपटक ५३ जना भक्तजनले प्रार्थना छोडेर मस्जिद बाहिर निस्कनु परेको थियो ।
यस्तो अपराधका लागि अल्लाहको मर्जीअनुसारको सजाय दिइनुपर्दछ । अभियुक्तको इच्छाअनुसार शिर छेदन गरेर वा ढुङ्गाले हानेर मृत्युदण्ड दिइनेछ । तर उनलाई यो संजाय पनि कमै छ । शिर छेदन गर्दा एकैछिन मात्र कष्ट हुने भएकाले उनलाई नमरुन्जेल ढुङ्गाले हिर्काइनु दिइनु नै राम्रो हुने कानुनविद्हरुको भनाइ रहेको छ ।
३३ वर्षीय मुहम्मद अल–वाहावीको मुद्दा लड्न कुनै पनि वकिल तयार भएको थिएन । त्यसैले अदालतमा उनले सफाइमा आफूलाई लामो समयदेखि ग्यास्ट्रिकको समस्या भएकाले आफ्नो पाद अनियन्त्रित भएको बताएक थिए ।
मध्यपूर्वी कानुनविद् एन्ड्रयु जोनेसले यस्तो मुद्दा हारेको खण्डमा मुद्दा लड्ने वकिललाई पनि अभियुक्तलाई सरह सजाय हुने भएकाले कसैले मुहमदको मुद्धा लिन नचाहेको स्पष्ट पारेका छन् ।
अल–वाहावीले आफुलाई दिइएको संजाय विरुद्ध कुनै आपत्ति जनाएको छैन । बरु उनले अल्लाहले आफ्नो अपमानजनक व्यवहारका लागि क्षमा दिने आशा राखेको बताएका छन् ।
अल–वाहावीले आफ्नो अपराधका लागि माफी माग्दै आफ्ना दुई पत्नी र सातजना सन्तानलाई पनि क्षमा दिन अनुरोध गर्दै न्यायाधीशलाई सजायका लागि धन्यवाद दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !