चार गाउँको डन ‘कब्रा’

नेपालगञ्ज – मान्छेका सोख पनि के–के हुन् के–के !
मोल्बीपुरुवाका मुल्लाको सोख पनि रमाइलो रहेको छ । उनी बच्चादेखि नै भेडा जुँधाउदै हिड्छन् । देश नै लकडाउनमा रहदा मुल्ला भेडाको स्याहार सुसारमा व्यस्त छन् । भेडाले जतिलाई जित्दै जान्छ उत्तिनै उसको मूल्य बढ्छ रे ।
२७ हजार भारुमा उत्तर प्रदेशको घाघरा नदीपारीबाट किनेर ल्याएको मुल्लाको भेडा अर्थात कब्राले चार वटा गाउँको भेडालाई जितिसकेको छ । ढाई वर्षको कब्राले लगदहवा, नई वस्ती, जाफरपुरुवा, करवलामा गरी ४ वटा भेडालाई हराइसकेको छ ।
‘कति लडाइयो कति, याद छैन हजार भेडा पालेका मुल्ला भन्नुहुन्छ, ‘यो मेरो सोख हो ।’ दुई छोरी र एक छोराका बाबु हुन्, मुल्ला । कालो र सेतो रंगको भएकाले मुल्लाले भेडाको नाम कब्रा राखेका रहेछन् ।
जिल्लामा भएको लक डाउनले भेडा लडाउन रोकिएकाले चिन्तित छन् मुल्ला । कब्राका लागि चाहिने दाना पनि किन्न नपाएको गुनासो गर्छन् । लक डाउनमा कब्रालाई घाँस मात्रै खुवाउन बाध्य छन् मुल्ला ।


नेपालकै विभिन्न ठाउँमा गोरु, भेडा जुधाउने पर्व नै हुन्छ । मुल्लाले सोखले गर्दा लामो समयदेखि भेडा जुँधाइरहेका छन् । आफ्नो भेडाले जित्नै पर्ने स्वभावका मुल्लाले त्यसकारण नै भारतका विभिन्न ठाउँमा गएर उन्नत जातका भेडा ल्याउँछन् । मुल्लाको कब्रा हेर्दै डरलाग्दो छ । खाइलाग्दो छ । सामान्य किसानले पालेको भेडा त उसको अगाडि टिक्नै सक्दैन । स्याहार सुसार पनि मुल्लाको दह्रो रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !