‘सद्भावको शहर नेपालगञ्ज’ पुस्तक विमोचन

नेपालगञ्ज – मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जद्वारा प्रकाशित ‘सद्भावको शहर नेपालगञ्ज’ पुस्तक सोमबार विमोचन गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आंशिक सहयोगमा प्रकाशित लेख संग्रहित पुस्तकको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले विमोचन गर्नु भयो ।
अमृत शर्मा ढकालद्धारा सम्पादित पाँच सय ३२ पेजको सो पुस्तकमा नेपालगञ्जको इतिहासदलेखि वर्तमान सम्मको समग्र पाटोमा प्रकाश पार्ने प्रयास गरिएको छ ।
नगर प्रमुख राणाले पुस्तकले नेपालगञ्जको समग्र अध्ययनसँगै थप अनुसन्धान गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
उपमेयर उमा थापामगरले अध्ययनमुलक पुस्तक प्रकाशनमा उपमहानगरपालिकाको सहकार्य रहने विश्वास दिलाउनु भयो ।
पुस्तकमाथि टिप्पणी गर्दै खगेन्द्र गिरी कोपिलाले सद्भावको शहर नेपालगञ्जलाई अझैं परिमार्जित गरेर थप विषयवस्तु सहित दोस्रो संस्करण प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्रष्टा समाजका सल्लाहकार, पुस्तकका निर्देशक एवं वरिष्ठ साहित्यकार सनत रेग्मीले प्रकाशन गर्दाको अनुभव, समावेश लेख र विषयबारे प्रष्ट्याउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेनाले स्थानीय सरकारले पुस्तक प्रकाशनमा सहयोग गर्न कञ्जुस्याई गर्न नहुने भन्दै अपनत्व र स्वामित्व लिन पनि आव्हान गर्नु भयो ।
स्रष्टा समाजका कार्यवाहक अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजका सचिव अमृत शर्मा ढकालले गर्नु भएको थियो भने सञ्चालन सदस्य विपी अस्तुले गर्नु भएको थियो । सोही समारोहमा लेखकलाई पुस्तकसहित पारिश्रमिक पनि उपलव्ध गराइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !