श्रीमतीले गराइदिइन् ६० वर्षीय श्रीमानको २३ वर्षीयासँग विवाह

एजेन्सी – विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय हामीले सुन्ने गरेका नै छौ । श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ ।
तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफ्नै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् ।
अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दुई दम्पतिले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् । सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका हुन् ।
श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !