कर्मचारीलाई कोरोना, वडा कार्यालय बन्द

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का पाँच जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।
वडासचिवदेखि कार्यालय सहयोगीसम्मका ५ जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालयको सेवा प्रवाहमा समस्या आएको छ । वडाध्यक्ष प्रमोद रिजालले सबै कर्मचारीलाई कोरोना देखिएकाले वडाको काम कारबाहीमा समस्या आएको बताउनुभयो । उहाँले परिस्थिति अनुकूल नहुँदासम्मका लागि वडा कार्यालय बन्द हुने र त्यसबाट जनतामा पर्न गएको असुविधाप्रति क्षमा माग्नु भएको छ । वडाध्यक्ष रिजाललाई यसअघि नै कोरोना पुष्टि भइसकेको थियो । रिजालले मंगलबार नै दोस्रो डोजको खोप लगाउनु भएको छ ।
बाँकेकै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई पनि कोरोना पुष्टि भएको छ । जिल्लामा एकै दिन ३ सय २२ जनालाई कोरोना पुष्टि हुँदा पत्रकार, जनप्रतिनिधि, कर्मचारीहरु परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !