कोहलपुरमा दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मेडिकल कलेज, कोहलपुरमा दुवै जनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका वडा नं. २ का ७७ वर्षीय बृद्धको सोमबार मेडिकल कलेजमा स्वाव लिइयो । स्वाव दिएपछि उनी घरमा गए । रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालमा बोलाइयो । अस्पताल ल्याउदै गर्दा राती ९ बजे गेटमै उनको मृत्यु भयो । बृद्ध टीबी र दमका विरामी पनि थिए ।
कोहलपुर नगरपालिका वडा नं. २ कै ३५ वर्षीया महिलाको पनि कोहलपुर मेडिकल कलेजमै मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि सोमबार उनलाई अस्पताल ल्याइएको थियो । महिलाको पीसीआर जाँच गरियो । रिपोर्ट नआउदै उनको दिउँसो ३ बजे मृत्यु भयो । साँझ रिपोर्ट आउदा पोजिटिभ आयो ।
बाँकेमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ ।
यसैबीच, सोमबार राती अबेरसम्ममा तीन वटा ल्याबबाट निस्केको रिपोर्टमा ३ सय २२ जनालाई कोरोना पुष्टि भएको छ । यो बाँकेको अहिलेसम्मको उच्च हो ।
भेरी अस्पतालमा ३ सय ७५ जनाको जाँच गर्दा २ सय १९ जनालाई कोरोना पुष्टि भएको छ । मेडिकल कलेजमा एक सय ९४ जनामा ६६ जना, बागेश्वरी ल्याबमा ३७ जनालाई कोरोना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !