२ सय १९ जना संक्रमित थपिए

नेपालगञ्ज – नेपालगञ्जमा सोमबार धेरै जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले ३ सय ७५ जनाको परीक्षण गर्दा २ सय १९ जनामा कोरोना पुष्टि भएको हो ।
धेरैजनाको एकैलटमा परीक्षण भइरहेकाले अस्पतालले ढिलागरी रिपोर्ट सार्वजनिक गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पछिल्लो चौविस घण्टामा परीक्षण गरेको ३ सय ७३ जनामा दुई सय १९ जनालाई पोजिटिभ भएको जानकारी दिनुभयो ।
दैनिक नै ठूलो संख्यामा संक्रमित थप भइरहेपछि राख्ने ठाउँको अभाव भइरहेको छ । नेपालगञ्जमा ह्वाइट हाउसमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । अरु पालिकाहरुलाई पनि आइसोलेसन केन्द्र बनाउन ताकेता गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !