४७ संक्रमितमा ३९ जना बाँकेका परे

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ४७ जनामा कोरोना देखिएको छ । त्यसमा बाँकेका ३९ जना परेका छन् । आठ जना बर्दिया जिल्लाका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुरका १९ जनामा कोरोना देखिएको छ । नेपालगञ्जमा भेरी अस्पतालका कर्मचारी र प्रहरीसहित २० जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा केही दिनयता स्वास्थ्यकर्मी र प्रहरीमा बढी कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !