आठ स्वास्थ्यकर्मीसहित २० जना कोरोनामुक्त

नेपालगञ्ज – आठ जना स्वास्थ्यकर्मीसहित २० जनाले कोरोना जितेका छन् ।
६ जना मेडिकल कलेज र दुई जना भेरी अस्पतालसम्बद्धसहित २० जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना जित्नेमा केही एकै घरका छन् । भदौ ५ गते कोरोना देखिएपछि विभिन्न आइसोलेसन सेन्टरमा बसेकाहरु आज डिस्चार्ज भएका हुन् । बाँकेमा आजसम्ममा ८ सय ३ जना डिस्चार्ज भएको फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !