सहायक सामाग्री सहयोग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तिलाई शनिबार सहायक सामाग्री सहयोग गरिएको छ ।
नगर स्तरीय अपाङ्गता सञ्जालले २ जनालाई वाकर, २ जनालाई बैशाखी, ४ जनालाई व्हिल चेयर, ३ जनालाई ट्राई साइकल र १ जनालाई स्वर्णयन्त्र सहयोग गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्र्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, नेकपा बाँकेका सचिव अशोक कोइराला, राष्ट्रिय अपाङ्गता महासंघ बाँकेका सचिव भावुकजंग रानालगायतले सहायक सामग्री वितरण गर्नुभयो ।
यसैगरी, नेपालगञ्जस्थित बौद्धिक बालबालिकाहरुको दिवा सेवा केन्द्रलाई समेत खेलकुद सामग्री सहयोग गरिएको कोषाध्यक्ष हरिकला थापाले जानकारी दिनुभयो । नगर स्तरीय सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री तथा शैक्षिक, खेलकुद मनोरञ्जनात्मक सामग्री वितरणसँगै सामाजिक परीक्षण पनि भएको हो । सो अवसरमा डेक नेपालले एकसय जनालाई राहत सामाग्री वितरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !