राप्ती नदीमा ११ जना फसे, उद्धार हुँदै

 

नेपालगञ्ज – राप्ती नदीमा ११ जना फसेका छन् ।
पहाडमा परेको पानीले नदीमा बाढी आएपछि नदीको बीच टापुमा पुगेका ११ जना फसेका हुन् । राप्तीसोनारी गाउँपालिका वडा नं. २ को गौशाला भन्ने ठाउँमा ६ जना फसेको सशस्त्र प्रहरीका एसपी दीपक अधिकारीले जानकारी दिनुभयो । ‘नदीको बीचमा मान्छे फसेको खबर आएपछि हाम्रो टोली गएर उद्धार गरेको छ, एसपी अधिकारीले भन्नुभयो, अर्को ठाउँमा ५ जना फसेको कुरा आएको छ । त्यहाँ टोली जादैछ ।
फसेका मान्छेलाई उद्धार गर्न सशस्त्र प्रहरीको टोली बोटसहित घटनास्थल पुगेको थियो । डीएसपी टोपबहादुर डाँगीको नेतृत्वमा टोलीले ६ जनालाई उद्धार गरेको हो । पाँच जना महिला बैजापुरको ललहीमा फसेको कुरा आएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी गौरी बुढाथोकीले जानकारी दिनुभयो ।
जिल्लामा पानी नपरेपछि नदी आसपासमा रहेका उनीहरु एक्कासी बाढी आएपछि फसेका थिए । नदीमा अहिले पानीको सतह घट्दोक्रम रहेको छ । ५ मिटर ७८ सेन्टीमिटरसम्म पुगेको पानीको सतह ५ मिटर ४० मिटरमा झरिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !