श्री गणेशजीको महिमा

सानैदेखि यो सिकाइएको थियो कि घरको साधारण पूजादेखि ठूलाठूला यज्ञ पुराण आदिमा सर्वप्रथम श्री गणेशको पूजा गर्नु पर्छ । कतै जाँदा, साइत गर्दा, शुभकार्यको थालनी गर्दा उनको पूजा गरेमा अमंगल हँुदैन शुभ हुन्छ । उनी बिघ्नहर्ता हुन् । जीवन भरी बिना कुनै प्रश्न मैले र सायद सबै हिन्दुले त्यसै गरियो तर अब आएर आजको बैज्ञानिक युगमा यी सब कुराको तात्पर्य र औचित्य पनि बुझ्न र खोज्न मन लाग्छ ।
यी गणेशजीलाई बच्चाले रुचाउने कार्टुनको पात्र पनि बनाएको पाइन्छ भने कही अत्यन्त फुर्केको बालक जसले उपद्रव आदि गर्ने अनी लड्डु अत्यन्त रुचाउने, कुवेर आदिको घमण्ड तोड्न भोजका समग्र पकवान खाइदिने, पुराणका मनोरन्जनको पात्रको रुपमा चित्रित गरिएको छ । उनको बिशाल पेट र भीमकाय शरीर तर वाहन भने सानो मुसो झनै हास्यास्पद लाग्ने तर उनलाई फेरी केको लागी पहिले पूजा गर्ने होला भन्ने लाग्थ्यो ।
यसै सन्दर्भमा मेरी आमाले कथा सुनाउनु भएको थियो, उहिले पौराणिक कालमा उनका भाइ कुमार कार्तिकेय र उनमा प्रतिस्पर्धा भयो । शर्त थियो – जसले पृथ्वीको परिक्रमा छिटो गरेर आउँछ उ प्रथम पुजित हुन्छ । कुमारको त बाहन मैयुर थियो दौडिहाले तर आफ्नो शरीर भारी वाहन सानो मुसा भएकाले चिन्तित भए, अतः उनको बाहन मुसाको सल्लाह अनुसार त्रिलोक स्वामी आफ्ना आमा बुबा महादेब पार्वतीलाई परिक्रमा गरेकाले उनी विजयी भएकाले पहिलो पुजिएको भन्ने सुनेकी थिए । यिनको आधारमा प्रथम पूजिने अनि अती सम्मानित हुने यति कारण हो त भने सधै प्रश्न उठि रहन्थ्यो मनमा । उनको जन्म पनि त्यतिकै रहस्यमय छ । उनी अयोनिज त थिए तर प्रकृतीका कुनै लक्षणसित मेल खादैनथ्यो उनको जन्म । देवी पार्वतीले आफ्नो मैलवाट सिर्जना गरेकी भन्ने किम्वदन्ती छ । यदि यो घटनालाई आजको बैज्ञानिक तथ्य सित जोड्ने हो भने उनी पार्वतीको आफ्नो मैलबाट भनेर उल्लेख गरिएता पनि पार्वतीको मैलबाट सिर्जित व्यक्ति थिए भन्दा अत्युक्ती नहोला । उनको शीर हात्तीको हुनु पनि आफ्नै कथा छ । गणेश एउटा यस्तो विलक्षण व्यतिmत्व थिए जसका धेरै कुरा अद्भुत थिए । तर उनी सम्मानित हुने कारणबारे धेरै कमले मात्र जानकारी राखेको जस्तो लाग्छ । मैले जाने सम्मको जानकारी यस सुक्ष्म लेखको माध्यमबाट प्रस्तुत गर्ने सानो प्रयास गरेकी छु । यी बाहेकका थप सूचना प्राप्त भए फेरि प्रस्तुत गर्ने छु भन्ने आशा पनि लिएकी छु ।
१ गणेश जी लाई बिनायक पनि भनिन्छ जसको अर्थ दुई वटा हुदो रहेछ । १) बिनासकर्ता २) बिनानायक अर्थात बाबु बिना नायक उत्पन्न भएको ।
२ उनको शीर काटेर भगवान शिवले हात्ती अर्थात गजको शीर जोडी दिएकाले उनलाई गजानन पनि भनिन्छ । यसरी हात्तीको शीर जोडे पछि उनलाई महादेवले आफ्नो छोरा स्वीकारेका थिए र उनलाई आफ्नो गणको नायक बनाएका थिए । बैदिक सनातन धर्म र सनातनीहरुको रक्षार्थ उनले गरेका योगदानहरु यस प्रकार छन् ।
१ अनलासुर नामको एकजना शतिmशाली राक्षस थियो । उसलाई मुखवाट अग्नीको ज्वाला बडो भयंकर तरिकाले निस्कने बरदान प्राप्त थियो । यसैको बलले उसले धेरैलाई मार्यो र संसारमा हाहाकार मच्चायो । सबै संत्रस्त भए । केही उपाय नलागी उनीहरु गणेशजी समक्ष आफ्ना बेदना प्रस्तुत गरे अनि भगवान गणेशले उतm अनलासुर सित संग्राम गरे । लामो समयसम्म संग्राम भयो । अन्तमा त्यो राक्षसलाई समातेर भगवान गणेशले निलिदिनु भयो । तर त्यो पेटमा पुगे पछि उनको पेट अतीशय पोल्न लाग्यो । देवगणले उनको शीरवाट पानीले स्नान गराए । केही फरक परेन । नरिवलको पानीले स्नान गराए तैपनि केही भएन । यहाँसम्म की शीतल चन्द्रमा पनि शीरमा राखियो तर केही सिप लागेन सबै ब्यर्थ भयो । अन्त्यमा एक जना महर्षीले दुबो शीरमा राख्न आज्ञा गरे अनि बल्ल उनको पेटको जलन शान्त भयो । त्यस दिनदेखि श्री गणेशलाई दुबो चढाउने प्रचलन चलेको मान्यता छ ।
२ गजासुर नामको दैत्य थियो । उसको शीर हात्तीको जस्तो थियो । उ शीवजीको ठूलो भतm थियो । कठोर तपस्याबाट शीवजीलाई प्रसन्न बनायो । शीवजीसित आफ्नो जस्तो अर्थात हात्तीको जस्तो शीर भएको व्यतिmले मात्र उसको बध गर्न सकोस् अन्यथा उ अमर होस् भनी वरदान माग्यो र शीवजीले दिनु भयो । यस प्रकार बलशाली भएर उनले संसार भरी आतंक फैलाउन थाल्यो, कैयौ ऋषिको हत्या गर्यो । सर्वत्र सर्वनास गर्न लाग्यो । देवताहरुलाई समेत चरम यातना दिन लाग्यो देवगण त्राहिमाम भएर ब्रम्हमाजी शित गएर बिन्ती गरे । ब्रम्हमाजीले गणेशजीसित बिन्ती गर्न भन्नु भयो । यस प्रकार गजासुरको आतंकले त्रसित देवगण श्री गणेशकहाँ गएर आफ्नो पीडा बारे अनुरोध गरे । देवगण लगायत संसारको रक्षार्थ श्री गणेशले त्यो गजासुर तिर भयंकर संग्राम गर्नु भयो र त्यसलाई पराजित गर्नु भयो । आफु पराजित भए पछि गजासुरले मुसाको रुप धारण गरि भाग्न लाग्यो तर श्री गणेशजीले उसलाई समातेर मार्न खोज्दा रुदै क्षमा याचना गर्यो र प्राण रक्षाको भिक्षा माग्यो । भगवानले पनि उसलाई दयालागेर आफ्नो वाहन बनाउनु भयो । यस प्रकार श्री गणेशको वाहन मुसा भएको हो भन्ने मान्यता छ ।
– शीवजीबाट प्राप्त वरदानको मदले दानवले संसारमा आतंक फैलायो । जसबाट सारा विश्व ब्रमाण्डनै काप्न लाग्यो । इन्द्रासन डगमगाउन लाग्यो । देवताहरुले शीवजी र गणेशजीलाई उनुरोध गरे । उतm युद्धको अवसरमा श्री गणेशजीले अतिनै शतिmशाली विद्युतप्रभ दानवको घाटीमा आफ्नो सुडले बेरी शीर उखेलेर वध गर्नु भएको थियो ।
– सोही युद्धमा तारका नामका दानवलाई पनि वध गर्नु भएको थियो । यस प्रकार यस्ता आतंककारी, असामाजिक कुतत्वहरुवाट समाज र मानवताको रक्षा गर्नु भएको थियो भने सबै भन्दा महत्वपूर्ण कार्य उहाँले बैदिक सनातनीहरुको गर्व, परम पवित्र, अपौरुषेय चार वेदहरुलाई लेख्ने कार्य गर्नु भयो । अर्थात परमतप वेद ब्यासजीले बोल्नु हुन्थ्यो अनि श्री गणेशले आफ्ना सुन्दर अक्षरले लिपिबद्ध गर्नुहुन्थ्यो । त्यस पछि परमपावन र ज्ञान सागर गीता अनि महाभारत पनि वेद ब्यासजीले बोल्ने र गणेशजीले लेख्ने गुर्नु भयो । यस प्रकार १८ पुराणहरु पनि वेद ब्यासजीको बाणिमा गणेशजीले लेखन गर्नु भएको थियो । अब प्रश्न उठ्न सक्छ यस्तो महत्वपूर्ण कार्यको लागी गणेशजीलाई नै किन वेद ब्यासजीले अनुरोध गर्नुभयो भनेर । यसको उत्तरमा ब्यासजीले शीवजीलाई भन्नु भएको थियो कि गणेशजी पनि ब्यासजी जत्तिकै विद्धान हुनुहुन्थ्यो र लेखनमा उहाँ तत्कालिन अवस्थामा सर्वोत्कृष्ट हुनुहुन्थ्यो ।
त्यति मात्र होइन, भृगुमुनीले पनि संसारलाई केही नौलो योगदान दिन श्री गणेशजी सित सल्लाह लिनुभयो र त्यो बेलादेखि आउदो दशहजार बर्षसम्ममा जन्मिने ब्यक्तिहरुको जन्म कुण्डली पनि भृगुमुनीले बोल्ने र गणेशजीले लेख्ने गर्नु भएको थियो । यी कुण्डलीहरु भारतको कुनै स्थानमा छ भन्ने मान्यता छ ।
आज हाम्रो अघि हाम्रा ज्ञानमा धरोहरहरु छन् भने केवल गणेशजीकै लेखनको कारणले छन् । अन्यथा ती विद्धानहरुको अवसान पश्चात समाप्त हुने कुराको दुइमत छैन । यस्ता विद्धान, ज्ञानी, महान कृत्यका कारक र कारण थिए श्री गणेश । उनलाई शतशत नमन गर्छु । उनको बारेमा केही भए पनि लेख्ने चाहना जागृत गरेर मलाई धन्य बनाइदिनु भएकोमा श्री गणेशजीलाई पुनः आभार टक्रयाउँछु ।


error: यो सुविधा उपलब्ध छैन !