कोरोनाबाट मृत्यु हुने १४ पुगे

नेपालगञ्ज – कोरोनाबाट स्याङ्जाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले स्याङ्जाका ६० वर्षे पुरुषको कोभिड–१९ बाट मृत्यु भएको पुष्टि गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा आइतबार संक्रमण देखिएपछि उनलाई आइसोलेसनमा लगिएको थियो । आइसोलेसनमै उनको मृत्यु भएको जानकारी सोमबार बिहान दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !