भेरीमा बाहिरको स्याम्पलको चाङ, बाँकेले पालो कुर्दै

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बाहिरी जिल्लाको स्याम्पलको चाप बढेको छ । धेरै जिल्लाबाट भेरीमा स्याम्पल आइपुग्दा बाँकेको परीक्षणमा ढिलाई भएको छ ।
भेरीमा बर्दिया, दैलेख, कालिकोट, रुकुम, रोल्पालगायतका जिल्लाबाट स्याम्पल आउदा बाँकेकै स्याम्पलले पालो कुर्नु पर्ने भएको छ । कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा ल्याब भएपनि भेरीमा स्याम्पल आइरहेका छन् । बाहिरी जिल्लाबाट स्याम्पलको चाप बढ्दा जिल्लाको नतिजा समयमै दिन नसकेको अस्पतालसम्बद्धले बताएका छन् ।
बाँकेमा अझै ठूलो संख्याका मानिस क्वारेन्टाइनमा छन् । उनीहरुको पीसीआर जाँच भइसकेको छैन । बाहिरी जिल्लाको चापले गर्दा जिल्लालाई असर परिरहेको छ । बाँकेमा परीक्षण गर्नुपर्ने धेरै छ । बर्दियामा पनि उस्तै छ । यी दुई जिल्लाबाट अन्यत्रबाट समेत यही स्याम्पल आइपुग्दा अस्पताललाई चाप बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !