मालपोत कार्यालय खुल्ला

नेपालगञ्ज – भूमिसुधार तथा व्यवस्थापन विभागले आइतबारदेखि मालपोत कार्यालयहरु सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।
लकडाउनका कारण भूमिसुधार तथा मालपोत कार्यालयका सेवा अवरुद्ध थिए । विभागले सबै कर्मचारीलाई कार्यालयमा उपस्थित भएर स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा दिन निर्देशन दिएको छ ।
निर्देशन अनुसार नेपालगञ्जको मालपोत कार्यालय पनि खुल्ला हुनेछ । तर, उसले बाहिरी मानिसलाई सेवा नदिई कार्यालयभित्रकै काम गर्ने बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले मालपोत कार्यालय खुल्ने र कार्यालयभित्रको आन्तरिक काम हुने बताउनुभयो । ‘बाहिरी सेवाग्राही आउने होइन, कार्यालय खोलेर आफ्नो आन्तरिक काम गर्छन्, सहायक प्रजिअ प्याकुरेलले भन्नुभयो, कार्यालयभित्रको पेन्डिङ काम हुन्छ ।’


error: यो सुविधा उपलब्ध छैन !