नेता पक्राउकाे विराेधमा नेपालगन्जमा प्रदर्शन
नेपालगन्ज – राप्रपाका नेताहरु पक्राउकाे विराेधमा नेपालगन्जमा प्रदर्शन गरिएकाे छ ।
राजा तथा हिन्दु राष्ट्र समर्थकले बनाएकाे जिल्लास्तरीय अान्दाेलन परिचालन समितिकाे अगुवाईमा नेपालगन्जमा प्रदर्शन गरिएकाे हाे ।
अादर्शनगर अगाडिबाट निस्केकाे नाराबाजीसहितकाे र्याली धम्बाेझीमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । धम्बाेझीचाेकमा प्रदर्शनकारीले टायर बालेर केहीबेर सडक अवरुद्ध गरेका थिए ।
नेपालगन्ज शहर समेटिएकाे बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालगायत तत्काल रिहाई गर्न माग गरिएकाे छ ।
काेणसभालाई सम्बाेधन गर्दै जिल्लास्तरीय अान्दाेलन परिचालन समितिका संयाेजक नरेन्द्र पाैडेलले पक्राउ परेका नेताहरुलाई बिना शर्त रिहाई नगरे अान्दाेलन चर्किने चेतावनी दिए । उनले अवस्था र व्यवस्था बदल्न जनता जागिसकेकाले कसैले राेक्न नसक्ने उद्घाेष गरे ।
नेपाल शिवसेनाका महासचिव मंगल जीएम, समाजसेवी तेजबिक्रम शाहले राजासहितकाे प्रजातान्त्रकाे वकालत गरे ।
जिल्लामा बनाइएकाे अान्दाेलन परिचालन समितिले राष्ट्रिय झण्डामुनी हरेक कार्यक्रम गर्ने निर्णय गरिएकाे छ । याे समितिमा अवस्था र व्यवस्था बदल्नु पर्छ भन्ने दल र संघ संस्थाका प्रतिनिधि सम्मिलित छन् ।