वडाध्यक्ष बर्माले गरे सुकुम्बासी टोलमा खाद्यान्न सहयोग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ ले नयाँ बस्ती सुकुम्बासी टोलमा खाद्यान्न सहयोग गरेको छ ।
लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भएपछि वडाध्यक्ष दीपक बर्माले ४१ घरपरिवारलाई ५ किलो चामल, एक किलो दाल, एक किलो प्याज र दुई किलो आलु सहयोग गर्नु भएको हो ।


वडाध्यक्ष बर्माका अनुसार, नयाँबस्तीका अधिकांश मजदुरी गरेर जीविकोपार्जन गर्ने गर्दथे । लकडाउनका कारण उनीहरु समस्यामा परेका थिए । राहत लिएर पुगेका वडा अध्यक्ष बर्माको स्थानीयले प्रशंसा गरेका थिए । खाद्यान्न सहयोगसँगै वडाध्यक्ष बर्माले लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । समस्यामा परेका विपन्न समुदाय अन्यलाई पनि सहयोग गरिने वर्माले जानकारी दिनुभयो । वडा अध्यक्ष वर्माले संकटको अवस्थामा जनप्रतिनिधीले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु पहिलो कर्तव्य भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !