१३ वटा स्याम्पल नेगेटिभ

नेपालगञ्ज – बाँकेबाट पठाइएको थप ६ वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाबाट चैत्र १३ गते स्याम्पल संकलन गरेर राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट आज आएको हो । त्यसअघि चैत्र २, ८ र १२ गते संकलन गरिएको ७ जनाको स्याम्पल पनि नेगेटिभ आएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले २३ जनाको स्याम्पल पठाइएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । अब शनिबार पठाइएको १० जनाको रिपोर्ट आउन बाँकी छ ।
अहिले नेगेटिभ रिपोर्ट आएका केही फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया किशोरी सवार जहाजमा नेपाल आएका थिए ।
क्वारेन्टाइनमा बस्नेको संख्या थपिदै जादा स्याम्पल संकलन पनि बढ्ने देखिएको छ । बाँकेका विभिन्न क्वारेन्टाइनमा ५० जना बसिरहेका छन् । हालसालै विदेशबाट आएकालाई खोज्दै क्वारेन्टाइनमा राख्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !