प्रहरी पनि क्वारेन्टाइनमा

नेपालगञ्ज – बाँकेमा एकजना प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । जमुनाहा नाकामा खटिएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।
सरकारले लकडाउन गरेर सबैलाई घरभित्र बस्न भनेपनि प्रहरीलाई रातदिन सडकमा निस्किनु पर्ने बाध्यता रहेको छ । त्यसमा पनि नाकामा खटिएका प्रहरी झन् जोखिममा रहेका छन् । कोरोनाको त्रास फैलिदै जादा भारतबाट भित्रिएका मानिसलाई लाइन लगाउनेदेखि नाम, ठेगाना टिप्ने, जाँच गर्ने नाकाका प्रहरी जोखिममा पर्ने डर थियो । उनीहरु आवश्यक सामाग्री नलगाई डिउटीमा खटिएका थिए । न्यूनतम सावधानी पनि अपनाइएको थिएन ।
यो नाकाको मात्रै होइन, अन्यत्र पनि यस्तै अवस्था रहेको छ । प्रहरी ब्यारेकमा बस्ने भएकाले जोखिम रहने गर्दछ । डिउटीमा निस्किदा आवश्यक सामाग्रीको प्रयोग गर्न आवश्यक रहेको छ ।
अहिले ती प्रहरीलाई धम्बोझीस्थित सामर्थ इन होटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ १४ जनालाई राखिएको छ ।
बाँकेमा अहिले ५० जनालाई क्वारेन्टाइनमा राखिएको छ । राधापुरमा २१ र जानकीमा १५ जना क्वारेन्टाइनमा छन् । हालसालै विदेशबाट फर्किएका व्यक्तिलाई पालिकाहरुले खोजी खोजी क्वारेन्टाइनमा राख्ने अभियान चलाएका छन् ।
बाँकेबाट अहिलेसम्म २३ वटा स्याम्पल काठमाडौं पठाइएको छ । त्यसमध्येमा सात वटाको रिपोर्ट नेगेटिभ आएको छ । अरुको रिपोर्ट आउन बाँकी रहेको छ । पहिलो स्टेजमा कोरोना संक्रमित देखिएको भनिएकी १९ वर्षीया किशोरीसँग जहाजमा आएका युवाहरुको रिपोर्ट आइसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !