सीमा सुरक्षा बैठक : कोरोनाबारे छलफल

नेपालगञ्ज – भारतले रुपैडिहा नाका बन्द गर्ने चर्चाका बीच आइतबार सीमावर्ती अधिकारीहरुको बैठक बस्दैछ ।
नेपाल र भारतका सीमावर्ती अधिकारीहरुको नियमित बैठक भएपनि यसपाली नाका क्षेत्रमा कोरोना भाइरसको जोखिमका बारेमा चर्चा हुने भएको हो । बर्दियाको ठाकुरद्वारामा बैठक बस्दैछ । भारतले आइतबार रातीदेखि रुपैडिहा नाका बन्द गर्ने चर्चाका बीचमा बसेको अधिकारीहरुको बैठकले एउटा सन्देश दिने विश्वास गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नियमित बैठक भएपनि कोरोना भाइरसका बारेमा छलफल हुने बताउनुभयो । उहाँले नाका बन्दको बास्तविकताबारेमा समेत भारतीय अधिकारीहरुसँग छलफल गर्ने बताउनुभयो । यद्यपि, नाका बन्द गर्ने र खोल्ने निर्णय केन्द्रीय सरकारले गर्छ ।
बैठकमा बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका अधिकारीहरु सहभागी हुँदैछन् ।


error: यो सुविधा उपलब्ध छैन !