शुभान अल्हा ! इरफान की रोमिङ ‘सायरा’
नेपालगञ्ज – आँखा मात्रै देखिनेगरी मुख छोपेकी, देखिने जति थोरै भाग गोरी त छँदै थिइन्, मलाई लाग्यो कुनै सिनेमाकी नायिका होलिन् । आँखा अनायास जुधे तर मैले नजर फेरें । ह्या जो सुकै होस् भनेर ।
रेष्टुरेन्टको वेलकम डोर पुस गर्ने बितिक्कैको घटना थियो यो । टम्मक्क परेको जिउडालमा आकाशी रंगको कुर्ता र सेतो सुरवालमा आएकी ती आगन्तुक वा भनौं रेष्टुरेण्टकी ग्राहक, जस्तो म थिएँ त्यस्तै उनी पनि ।
हाय !!
आइएम सायरा,
मैले आग्रह गरें क्यान यु ओपन योर फेस कभर !!
म त छक्क परें,
सायरा साँच्चिकै उस्तै थिइन् जस्ती कलेजमा सन् २००९ ताका थिइन् ।
(अफ दि रेकर्ड सायरा एक जना उच्च ओहोदामा रहेकी डिप्लोम्याट्स हुन् ।)
कुनै सिनेमाकी नायिका भन्दा कत्ति कम थिइनन् ।
कलेज पछिका दिनहरुमा ह्वाट्सयाप्समा कुरा हुने बाहेक उनीलाई नदेखेको करिब ११ बर्ष भइसकेको थियो । श्रीलंकाको जाफ्ना प्रायद्विपमा भएको वार कभरेजको स्टोरी हाम्रो सहकार्यको अन्तिम भेट । नयाँ दिल्लीको एउटा रेष्टुरेण्टमा भएको यो लामो अन्तरालको भेटले मानसपटलमा तरंग पैदा गरायो ।
कुरा त्यो लेटरको पनि उठाइन् सायराले जो मैले उनको बर्थ डे मा तोफ्हासँगै दिएको थिएँ ।
उसो त मलाई गिफ्ट लिने र दिने दुवैमा रुची कहिल्यै भएन तर कुनै कुनै अवसरमा तोफ्हा दिनुलाई आत्मियतासँग जोड्ने चलन पुरानै हो । तर त्यो पत्रको म माध्यम मात्रै थिएँ । कथाको पात्र त इरफान थियो ।
सायराले आफ्ना सहयोगीलाई केही पर बस्न भनिन् अनि एउटा दुईटा कल गरिन् कतै । त्यसो गरे लगत्तै उनीले डिनर अफर गरिन् । तिम्रा आँखा कसरी विर्सन सक्छु र म, तिमीले हेर्ने वित्तिकै मैले चिनिसकें की तिमी को हौ भनेर । तर, बाध्यता म अफिसियल सिलसिलामा भएकाले तिमीलाई सम्पर्क गर्न सकिरहेकी थिइन । अल्हाले भेटाई दियो नि !!
मैले थपें – ‘शुभान अल्हा !!’
मसँग यताको नम्बर पनि छैन, ईण्टरनेश्नल रोमिङमा छु । सायरा आफ्नो ब्यस्तता बारे गफिइन् ।
न अपना नाम न चेहरा बदल के आयी हूँ
कि अब की बार मैं रस्ता बदल के आयी हूँ
वो और होंगे जो कार–ए–हवस पे जीÞंदा हैं
मैं उस की धूप से साया बदल के आयी हूँ
अकबर मासूमका गजलका शेरमा आफुलाई पात्र बनाउँदै सायराले कलेज समयका बदनाम किस्सा एक अर्को गरि सुनाउन थालिन् । खासगरी गर्लस होष्टेल र ब्वायज होष्टेलका कुरा । अकबर मासूम, उनका गजलका शेरसँगै सायराले वितेका पलहरु सम्झाउँदै नोष्टाल्जिक बनाइन् । (अकबर मासूम जो एक पाकिस्तानी शायर हुन् )
अब भी अक्सर ध्यान तुम्हारा आता है
देखो गुजÞरा वकÞ्त दोबारा आता है
आह नहीं आती है अब तो होंटों तक
सीने से बस इक अँगारा आता है
मैले उनै अकबर मासूमको अर्को एउटा गजल सायरलाई तोफ्हा दिएँ । उहिले इरफानको तोफ्हा थियो, यो पटक मासूमको । सायराले बताइन् की उनी निकै छोटो अवधिका लागि आएकी छन् ।
अखÞ्तर मालिक जो एक प्रख्यात शायर हुन् उनका शेर सापटी लिएर मैले सायरालाई थप नोष्टाल्जिकतामा प्रवेश गराउने प्रयास गरें, ता कि कलेजका किस्सा थप उजागर भइजाउन् ।
इक बार जो बिछड़े वो दोबारा नहीं मिलता
मिल जाए कोई शखÞ्स तो सारा नहीं मिलता
(आई मिन सायरा)
उस की भी निकल आती है इजÞहार की सूरत
जिस शखÞ्स को लफÞ्जÞों का सहारा नहीं मिलता ।
सायरा अलि गम्भिर बनिन्, उनको त्यो उज्यालो अनुहार केही मलिन भयो । मैले विस्तारै सोधें
आर यू कम्फरटेबल ?
गाजल लगाएका आँखाका डिलमा टिलपिल गरिरहेका आँशुलाई गाजलको डिल नभत्कने गरी सायराले आफ्नो पछ्यौराले पुछिन् । गाजल भएका आँखाबाट आँशु पुछेर गाजल बचाउनु युद्धबाट फर्कने सिपाही जस्तै मुस्किल काम हो । फरक छ त कतै युद्ध कलाको प्रयोग हुन्छ त कतै श्रृंगार कला ।
उनले थपिन साँच्चिकै भनेउ तिमीले ‘एक पटक छुट्टिएपछि भेटिन मुस्किल हुँदो रहेछ है ।’
आफ्ना श्रीमानको प्लेन क्रयासको घट्नालाई उनले सुनाइन् ।
(केही बेरको मौनतालाई तोड्दै)
तर तिमी त उस्तै छौ नि !!
वर्षौं पछि पनि तिम्रा आँखालाई चिन्न मलाई केही मिनेट पनि लागेन, अझँ भनुँ सेकेण्ड काफी भयो ।
फेरी प्रसँग माथि भनिएको लेटरको जोडिन सायराले, मैले त त्यो पत्र तिमीले मेरा लागि लेखेका होलाउ भनेर खुब दंग भएर लिएकी थिँए, तर तिमी त माध्यम पो रहेछौ । पत्र लेख्ने वाला प्रति मेरो कुनै इन्ट्रेष्ट नै थिएन । अर्थात इरफान । म पनि कसरी भनौं कि त्यो पत्र लेख्ने वाला मै हो भनेर, तर इरफानका तर्फबाट लेखिएको त्यो पत्रमा भएका अक्षरहरु मेरै थिए, मैले इरफानको भावनालाई महशुस गरेर मेरै हस्तबाट लेखेको थिएँ त्यो पत्र ।
पत्रको हकदार र मालिक त्यो नै हो जसको नाम प्रेषकमा थियो । यदि अर्को कोही हकदार थियो भने त्यो हो जसको नाममा पत्र थियो । बिचका अरु त माध्यम न हुन् । अर्थात त्यो पत्रको स्वामित्वमा इरफानको नै हक थियो । सायराले भने झैं म केवल माध्यम मात्रै थिएँ ।
सायराले जब होष्टेल पुगेर पत्र पढिन् उनी प्रेममा परिन् तर जब पत्रको पुछारमा इरफानको नाम देखिन उनको भावनामा ठेस लाग्यो ।
सायरा भन्छिन, ‘मैले अहिले पनि त्यो पत्रलाई अलमारीमा राखेकी छु । जुन अलमारीमा मेरा अब्बाजानले मेरी अम्मिजानले पठाएका पत्र राख्नुभएको छ । बेलाबखत हेर्ने गर्छु र कामना गर्छु की त्यो पत्रको तल रहेको नाम बदलियर तिम्रो बनोस ।’
मुटुलाई जोडले धड्काइन सायराले, अनि अनुभव भयो पात्र बन्नु पत्र लेखिदिनु र माध्यम बन्नुको साँचो वास्तविकता ।
सायराले भनिन् हुन त तिम्रो भावनाबारे मैले बुझ्ने तर्फ सोचिन होला तर म तिम्रा अक्षर अक्षर जोडेर बनेका शब्दको भावना बुझ्नेमा डुबेकी थिएँ । सायद त्यो नै मेरो पहिलो प्रेम थियो जसको प्रेषक केवल तिमी थियौ । इरफान त नाम मात्रै थियो, म तिम्रा अक्षर नचिन्ने त्यति कमजोर कहाँ थिएँ र !! ईरफान मेरा लागि केवल एउटा क्लास फ्रेण्ड मात्रै, जो अरु पनि थिए । तर तिमी ती अरु थिएनौ, तिमी त पत्रमा लुकेको मेरो पहिलो प्रेम थियौ ।
वेटरले अर्डर लिन टेबलमा पुग्दा सायराले भनिन् आज तिम्रो फेबरेट डिस खाउँ न है,
मैले पास्ता कारबोनाराको अर्डर सँगै थपेँ प्रोटिन र एन्टी अक्सिडेण्ट मसरुम रिसोटो पनि । मलाई मन पर्ने इटालियन फुड्स ।
सायरा मस्त गफिन थालिन्, कुरा चाँदनी चोकदेखि ताजमहलसम्मका थिए, प्रसंग राजस्थानदेखि मसुरी सम्मका । दरगाह मेलादेखि पोन्टा सहिव हुँदै मुम्बईका डान्सबार र सिक्किमका अग्र्यानिक फर्म सम्मका ।
नोष्टालजिकताको हदै सम्मको लाइन अफ कन्ट्रोल सिमा पार गरेर सायरा उड्न परि बनेर रमाउँदै उडिरहेकी थिइन् । जस्तो की वर्षाको बादल हजारौं माइलको यात्रा तय गरेर कहिं सुदूरमा पुगेर बर्सिन्छ सायरा त्यसै गरी बर्षौं पछि बर्सिन थालिन् ।
सम्झनाको डायरी यति धेरै भरिएको थियो कि सायरा हरेक पाना पल्टाउँदै हर अनुच्छेदलाई ईन्जोइ गर्दै थिइन् । नोष्टालजिकताका ती पानाहरुमा भएका शब्द भित्रका निपात र उपसर्ग मात्रै होइन विभक्ति र प्रत्ययलाई सायराले क्षितिज परबाट खोजेर ल्याउँथिन् ।
सायरा कुनै शायरको मतला भन्दा कमै लाग्दैन थिइन्, सायरा गजलका काफिया भन्दा बढ्ता रोमाञ्चक हुँदै थिइन् ।
बुखारा रेष्टुरेण्टका भन्दा स्वादिला शब्द सायरा यसै हावाको झोंका झै बोल्न सक्छिन् । कुनै पार्श्व गायन भन्दा कम हुँदैन सायराको बोल्ने अन्दाज ।
त्यो साँझ जसरी सायराले फन्कार देखाइन् मलाई लण्डनमा बसिरहेको इरफानको सम्झनाले सताइरह्यो । जुन जोडी बन्दा बन्दै चुकेको थियो ।
छुट्टिनेबेला सायराले इरफानका लागि एउटा पत्र लेखिन् र मलाई हातमा थमाइन्, ‘गुडबाई इरफान’
यो उतिबेलाको पत्रको उतिबेलाकै जवाफ हो । अन्यथा नसोच्नु !!
अनि खामको बाहिर लेखिन पत्र प्रेषक : रोमिङ ’सायरा’ ।