कोरोनाको प्रभाव बजारमा पर्न नदिन अनुगमन

नेपालगञ्ज – नेपालगञ्जको बजार अनुगमन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएपछि यसको संक्रमण भित्रिन नदिन भइरहेका प्रयास र गर्न सकिने कार्य तथा बजारमा पर्ने प्रभावमा केन्द्रीत भई जमुनाह नाका, भेरी अस्पताल, भाटभटेनी, नेपालगञ्ज विमानस्थल र नेपाल आयल निगमको इन्धन डिपोको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा जमुनाह नाकामा भएको हेल्थडेस्क थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि टोलीले सुझाव दिएको छ ।
टोलीले भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापासँग कोरोना भाइरसको पूर्व तयारीका लागि भइरहेका पहलबारे छलफल गरेको छ । भेरी अस्पतालले ६ वार्डको आइसुलेशन वार्ड तयार गरेको पाइएको छ । अस्पतालले आप्mनो तर्फबाट आवश्यक सम्पूर्ण तयारी गरेको पाइएको छ । प्रमुख थापाले मास्क र पिपिई न्यूनतम भएको भन्दै ब्यवस्थापनका लागि सहयोगको आग्रह गर्नुभयो । यसैगरी यहाँ संकलन भएको रगतको नमूना परिक्षणका लागि तत्काल काठमाडौं पठाउनका लागि भरपर्दो माध्यमको ब्यवस्था मिलाउन टोलीले सुझाव दिएको छ ।
टोलीले भाटभेटनीको स्थलगत अनुगमन गरि ब्यवस्थापक पुस्कर राई र विनोद भट्टराईसँग छलफल गरेको छ । नेपालगञ्ज शाखामा हाल पनि दुई महिना सम्मका लागि जिल्लाबासीका लागि पर्याप्त खाद्यान्न र किराना सामाग्री मौज्दात रहेको भाटभटेनीले जनाएको छ । अहिले कुनैपनि सामानको अभाव नरहेको र १० महिना सम्म पुग्ने सामाग्री भण्डारणको ब्यवस्था मिलाउन लागिएको भाटभटेनीले अनुगमन टोलीलाई जानकारी गराएको छ । ।
नेपालगञ्ज विमानस्थालमा टोलीले निमित्त निर्देशक यज्ञेन्द्रनाथ कुँवर र वरिष्ठ प्रशासन अधिकृत धिरेन्द्र रिजालसँग आवश्यक छलफल गरेको छ । कोरोनापछि विमानस्थलमा राखिएको हेल्थडेस्क प्रस्थान गर्ने यात्रुका लागि पनि सञ्चालन गर्न टोलीले सुझाव दिएको छ ।
टोलीले नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा डिपो प्रमुख नवविनोद पोखरेलले यसक्षेत्रमा नियमित खाना पकाउने ग्यास र अन्य इन्धन ढुवानी भइरहेको भन्दै अभाव हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
अनुगमन टोलीले यथाशिघ्र नेपालगञ्ज नाका र विमानस्थलमा क्वारेन्टाइन सञ्चालनका लागि सुझाव दिएको छ ।
अनुगमन टोलीले कोरोनाको नाममा बजारमा कृतिम अभाव र कालोबजारी नगरी, उपभोक्ता हितको संरक्षण गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ ।
अनुगमनमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, कार्यपालिका सदस्य मञ्जु नेपाली, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत गणेश न्यौपाने, वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उजिरप्रसाद न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभातकुमार ठकुरी, नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, शाखा अधिकृत विमल गुरुङ, अधिवक्ता विश्वजित तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नेत्रा बोगटी, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रबक्ता टंकबहादुर धामी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी, कृषि शाखा प्रमुख रामकृष्ण चौधरीलगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !