जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर

खजुरा – खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न लागिएको बताउनुभयो ।
फागुन ३ गते देखि १० गते सम्म खजुरा गाउँपालिकाको ८ वटै वडामा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर राधापुरबाट शुरु गरेर रनियापुरमा समापन गरिने खजुरा गाउँपालिका नर्सिङ अधिकृत तथा शिविर सञ्चालन संयोजक लक्ष्मी केसीले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाबाट पाउने जेष्ठ नागरिक भत्ताको प्रमाण ल्याएर आएका जेष्ठ नागरिकहरुलाई शिविरमा ब्लड सुगरको जाँचदेखि रक्तचाप र मधुमेहको १५÷१५ दिनमा औषधि दिइने संयोजक केसीले बताउनुभयो । उहाँले शिविरमा मेडिकल डाक्टर २ जना र फिजिसियन डाक्टर १ जना समेत सिङ्गो गाउँपालिकाबाट स्वास्थ्यको टिम शिविरमा खटिएको जानकारी दिनुभयो । रक्तचाप, मधुमेहलागयतका सेवा विशेषज्ञ टोलीले दिने केसीले बताउनुभयो ।
वडा नं. १ का वडाध्यक्ष सुमन मल्लले खजुरा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर जेष्ठ नागरिकहरुका लागि भएको बताउनुभयो । उहाँले यस शिविर लगायत लगातार तेस्रो शिविर सञ्चालन भएको भन्दै यस पटकको शिविर फिजिसियन सम्बन्धिको सुबिधा भएको र आगामी दिनमा आँखाको शिविर सञ्चालन गरिने बताउनुभयो ।
राधापुर शिविरमा बृद्ध महिला १ सय ७ र बृद्ध पुरुष ४९ गरि जम्मा १ सय ५६ जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको खजुरा गाउँपालिका जनस्वास्थ्य अधिकृत पूर्ण खड्काले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !