५ महिलासहित ५५ जनाले गरे रक्तदान

नेपालगञ्ज – जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगञ्ज शाखासँगको सहकार्यमा शनिबार आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।
हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रक्त संकलन गर्ने पाकेट हस्तारण गरी कार्यक्रम शुरु गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४५ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २७ औं वार्षिकोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार सो कार्यक्रममा रक्तदान दिनेहरुमा हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, उपाध्यक्ष रविन्द्र रञ्जित, अजिता श्रेष्ठ सिंह, शैयदा शकीना शाह, सुश्री स्मारिका श्रेष्ठ, सुश्री नेहा खड्का र अमृता केसी, हुनुहुन्छ ।
त्यसैगरि नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, प्रमोद डि.जी., मेघराज जि.एम., प्रहराद विश्वकर्मा, सुनिल रत्गैया, सञ्जय बढई, होमराज गिरी, शेर बहादुर बोहोरा लगायतले रक्तदान गर्नुभयो । हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, उपाध्यक्ष रविन्द्र रञ्जित, झलक गैरे, र नेपालगञ्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ र जनमत सम्पादक पूर्णलाल चुकेले रक्तदाताहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गर्नु भएको थियो ।
रक्तदाताहरुमा शंकर प्रसाद खनाल, खम्ब प्रसाद पुन, विनोद कुमार वैश्य, हिमान्सु मौर्य, देवेन्द्र क्षेत्री, विफराम थारु, ज्ञेन्द्र थारु, शिसुपाल थारु, मुकुन्द पाण्डे, जयराम चौधरी, छोटेराम थारु, सन्तोष चौधरी, प्रवल भण्डारी, जीतेन्द्र भण्डारी, अविनाश तामाङ, झपेन्द्र बहादुर शाह, रविन चौधरी, राजेश वि.सी., जगत बहादुर कुर्मी, गुरुदीन यादव, रुस्तम अली दर्जी, सुगम जिसी, गौतम प्रसाद पौडेल, सिपाही यादव, देवेन्द्र कुमार यादव, प्रेम कुमार थारु, पवन अधिकारी, दिलसाद हुसेन बेहना, दिपेश कुमार परियार, जोगराज वर्मा, रविन्द्र मिश्र, गोविन्द तिवारी, हरि चौधरी हुनुहुन्छ ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, सुनील पुलामी मगर, होमराज गिरिले प्राविधिक टोली र आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।
२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ४५ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताउनु भयो ।
कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भण्डारीले बैंकको २५ औं वार्षिकोत्सवदेखि रक्तदान जस्तो मानव कल्याणकारी कार्यलाई सामाजिक उत्तरदायित्वको रुपमा अङ्गीकार गर्दै हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर बैंकले नेपालगञ्जमा पनि जनमतसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजनालाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउनु भयो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।


error: यो सुविधा उपलब्ध छैन !