फुड फेस्टिभलको तयारी

नेपालगञ्ज – नेपालगञ्जमा फागुन २३ गतेदेखि २५ गतेसम्म फुड फेस्टिभल हुने भएको छ ।
होटल व्यवसायी संघ बाँके, नेपालगञ्जले आयोजना गर्ने फेस्टिभलको मुख्य उद्देश्य पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्नु रहेको बताइएको छ । विभिन्न छिमेकी देशका गुणस्तरीय परिकारहरु अत्यावश्यक उपभोग्य बस्तुहरुको प्रर्दशन गर्दै मौलिक ऐतिहासिक संस्कृतिको संरक्षण गर्न आयोजित फुड फेस्टिभलका बारेमा छिट्टै विस्तृत जानकारी दिने संघका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।
फुड फेस्टिभल भव्यतापूर्वक सम्पन्न गर्नका लागि शनिबार बसेको बैठकले संघका अध्यक्ष भिमलाल कँडेलको संयोजकत्वमा पाँच सय सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिको सदस्यमा पूर्व अध्यक्ष, पदाधिकारी लगायत प्रतिष्ठित अगुवा व्यवसायी रहेको फुड फेस्टिभलका प्रवक्ता डिलाराम शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार, कँडेलकै संयोजकत्वमा बनेको स्टेरिङ्ग समितिमा भाष्कर काफ्ले, नारद पुरी, दिपेन्द्र जोशी, केशव न्यौपाने, दिवाकर खनाल रहेका छन् । संरक्षकमा भाष्कर काफ्लेको संयोजकत्वमा सदस्यहरु जनार्दन पाण्डे, दिपेन्द्र जोशी, निमबहादुर थापा, मदन बिसी रहेका छन् । मञ्च तथा स्टल व्यवस्थापन समितिमा दिवाकर खनाल, घनश्याम शर्मा, केशव न्यौपाने, दिपु गुप्ता, इन्द्र खड्का, राजकुमार बिक रहेका छन् । त्यस्तै पार्किङ व्यवस्थापन समितिको संयोजकत्वमा टेक नारायण सापकोटा र सदस्यमा लाप्का शेर्पा, दयाराम ढकाल, यानु प्रसाद सुवेदी, प्रदीप बस्नेत, रामगोविन्द सोनी रहेका छन् ।
कला तथा सांस्कृतिक समितिको संयोजकमा केशव न्यौपाने र सदस्यमा टेक नारायण सापकोटा लगायत छन् । प्रचार प्रसार उपसमितिमा डिलाराम शर्माको संयोजक र सदस्यमा लक्ष्मीराज शाही, दुर्गा बम, एकराज पाण्डे, निर्मला सन्जुवाल रहेका छन् । नुरी शेर्पाको संयोजकत्वमा सांस्कृतिक तथा झाँकी उपसमिति गठन गरिएको छ । उक्त उपसमितिको सदस्यमा टेकनारायाण सापकोटा, लक्ष्मीराज शाही छन् ।
त्यस्तै कोषाध्यक्ष टिकाराम खनालको संयोजकत्व र दिवाकर खनाल, केशव न्यौपाने, सुरेन्द्र श्रेष्ठ, टोपबहादुर थापा सदस्य रहेको आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
स्वास्थ्य खानेपानी आपूर्ति समितिको संयोजकमा एकराज पाण्डे रहेका छन् । रामबहादुर लिम्बुको संयोजकत्वमा बनेको सुरक्षा व्यवस्थापन उपसमितिमा खुमानन्द काफ्ले, केशव कुँवर योगी सदस्य छन् । अतिथि सत्कार उपसमितिको संयोजक निर्मला सज्जुवाल रहेको छन् भने सदस्यमा दुर्गा बम, हिरा गुरुङ निरु थापा रहेका छन् । प्रेम बहादुर शाह संयोजक र जनार्दन पाण्डे, इन्द्र खड्का सदस्य रहेको सचिवालय समिति गठन भएको प्रवक्ता डिलाराम शर्माले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !