बाणिज्य संघ चुनाव : ४१३२ मत खस्यो

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावमा चार हजार एक सय ३२ मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, चार हजार नौ सय ३३ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको हो ।
संघको आगामी तीन वर्षको कार्यकालका लागि भएको चुनावमा विहान सवा आठ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान भएको थियो ।
व्यापारीहरु पार्टीगत प्यानल बनाएर चुनावमा होमिएका छन् । माओवादी समर्थित टंक धामीलाई एमाले, राप्रपा, जसपाको साथ रहेको छ । धामीको नेतृत्वमा रहेको समावेशी प्यानलको उद्योग उपाध्यक्षमा चिरञ्जीवी ओली, बाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा इन्दिरा पाण्डे, महासचिवमा भीमबहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा सलाउद्दिन जसगढ रहेका छन् ।
सदस्यहरुमा इन्दिरा शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर विक, सुदन केसी, शिवराज कुर्मी, धर्मेन्द्र ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जलालुद्दिन अन्सारी रहेका छन् । एशोसियट सदस्यमा सञ्जयकुमार अग्रवाल र कमलबहादुर कार्की तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी रहेका छन् ।
नेपाली कांग्रेस समर्थक ललितकुमार रौनियार अध्यक्ष रहेको साझा लोकतान्त्रिक समूहमा राप्रपा नेपाल, स्वतन्त्र पार्टी, एकीकृत समाजवादीको साथ रहेको छ । यो समूहको उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी रहेका छन् ।
सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, कैफुलबरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर विष्ट रहेका छन् । एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल, सम्बद्ध सदस्यमा हिमनाथ पौडेल र विनय श्रेष्ठ रहेका छन् ।
चुनावमा स्वतन्त्रबाट उद्योग उपाध्यक्षमा दिपेन्द्रकुमार जोशी र सम्बद्ध सदस्यमा किसन गुरुङ उम्मेदवार बनेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !